मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १ शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन तोलामा चार हजारले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार ११:५९:oo

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रुपैयाँ बढी हो।

यस्तै, बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँ बढेको हो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँ बढेको हो ।