मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार १o:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिबी एयरवेजको  प्रुभिङ फ्लाइट सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १o:१o:oo

बिबी एयरवेजले मंगलबार प्रुभिङ ‘डेमोस्ट्रेसन’ फ्लाइट सम्पन्न गरेको छ । बिबीले भुटानी ड्रुक एयरको जहाज ड्याम्प लिजमा लिएर काठमाडौं–पारो–काठमाडौं प्रुभिङ फ्लाइट गरेको हो । मंगलबार बिहान १०:४२ बजे काठमाडौंबाट भुटानको पारो उडेको जहाज दिउँसो २:३८ बजे काठमाडौं फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । प्रुभिङ फ्लाइटमा सातजना चालकदलका सदस्यहरू र १९ जना नियामक निकाय क्यान र बिबी एयरवेजका प्राविधिक सवार थिए । उनीहरूले प्रुभिङ फ्लाइटको प्रतिवेदन क्यानमा बुझाउनेछन् । 

एयर अपरेटर सर्टिफिकेट (एओसी) प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने पाँचवटा प्रक्रियामध्ये जहाज प्राप्ति र प्रुभिङ फ्लाइट एक हो । बिबीले आफ्नै जहाज ल्याउन नसकेपछि ड्रुक एयरको जहाज ड्याम्प लिजमा लिएर प्रुभिङ फ्लाइट गर्न क्यानबाट अनुमति पाएको थियो । कुनै पनि एयरलाइन्सले एओसी प्राप्त गर्न ‘प्रि–एप्लिकेसन, एप्लिकेसन, डकुमेन्टेसन, जहाज प्राप्ति तथा प्रुभिङ फ्लाइट र प्रमाणपत्र जारी’ गरी पाँचवटा प्रक्रिया पूरा गर्नुपर्छ ।