
सरकारले मिटरब्याजसम्बन्धि अर्काे जाँचबुझ आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा यस्तो आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
यसअघि तेजबहादुर कार्की नेतृत्वको आयोगलाई निष्कृय बनाई सरकारले नयाँ आयोग गठन गरेको हो।