मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १७ शनिबार o८:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘पर्यटन प्रवर्द्धन गर्न नयाँ शैली आवश्यक’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o८:५८:oo

हङकङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोनले पर्यटन क्षेत्रबाट लाभ लिन नयाँपन र सिर्जनात्मक आवश्यक रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स : रिथिंकिङ नेपाल्स टुरिजम’ कार्यक्रममा उनले सो धारणा राखेका हुन् । 

चोनले सन् १९५० देखि सन् २०३० सम्मको विश्व पर्यटन शैलीमा केन्द्रित भएर आफ्नो प्रस्तुति दिएका थिए । विश्व पर्यटनको रूपान्तरण केन्द्र युरोपबाट भएको जानकारी दिँदै उनले एसिया प्यासिफिकको पर्यटन शैलीमा तीव्र विकास भएको तथ्यांक प्रस्तुत गरेका थिए ।

विश्वभरको होटेल निर्माणमा एसिया प्यासिफिक क्षेत्रको हिस्सा सबैभन्दा बढी छ । यो क्षेत्रमा ४८ प्रतिशत होटेल निर्माण भएका छन् । पर्यटकलाई सेवा दिने होटेल निर्माण तथा सञ्चालनमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको पनि चोनको प्रस्तुतीकरणमा उल्लेख थियो ।

‘पर्यटन विकासमा एसिया क्षेत्रको महत्वपूर्ण योगदान छ, विश्वका उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसिया क्षेत्रमै छन्,’ चोनले भने, ‘एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एन्ड युनिक’ रहेको छ,’ उनले भने ।

‘एसियननेस’ पर्यटनको विकास विश्वमै फरक देखिएको उल्लेख गर्दै उनले नयाँपन सिर्जना गर्न सकेको खण्डमा पर्यटन क्षेत्रलाई थप आकर्षक बनाउन सकिने तर्क पेस गरे । उनले भने, ‘पर्यटन क्षेत्रमा नयाँपन जुन देशमा अवलम्बन गरिन्छ, त्यहीँको पर्यटन विकासले गति लिने हो ।’

अहिलेसम्म विश्वमा नीलो समुद्र नै धेरै चल्ने पर्यटनको गन्तव्यका रूपमा विश्वभरि परिचित भइरहेको छ । अबको दुनियाँमा धार्मिक, सांस्कृतिक, साहसिक पर्यटनको विकास पनि महत्वपूर्ण हुने चोनको भनाइ छ । आतिथ्य क्षेत्रमा पछिल्लो समय सबैभन्दा ठुलो चुनौती मानव संशाधन अभाव रहेको पनि उनले औँल्याए । उनले वर्क–लाइफको सन्तुलन मिलाउन पनि जरुरी रहेको बताए । सन् २०२४ को एक सर्र्वेक्षणले सयजनामध्ये ५९ प्रतिशतले काम छाड्ने र ४१ प्रतिशत जनशक्तिले मात्रै होटेल तथा आतिथ्यता क्षेत्रमा क्रियाशील रहने देखाएको थियो ।