
राजविराज– हनुमाननगर–भारदह सडकखण्डको काममा ढिलासुस्ती गरेको भन्दै राजविराजका स्थानीयले गरे चक्काजाम गरेर विरोध जनाएका छन्। राजविराज–हनुमाननगर सडकखण्डमा आन्दोलन गर्दै उनीहरुले शनिबार बिहानैदेखि आवतजावत अवरुद्ध गरेका हुन्। मोटरसाइल र एम्बुलेन्सा बाहेकका सबै सवारी साधन आवतजावतमा रोक लगाइएको छ।
निर्माण पक्षलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरेका लामोसमयदेखि अलपत्र पारेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय बसन्त यादवले बताए। सडक नुहुँदा आवतजावतमा अत्याधिक समस्या भइरहेकोले यथासिघ्र सडकको काम गर्न उनीहरूको माग रहेको छ।
पटकपटक सरोकारवाला निकायलाई गुहार गरेपनि ठेकेदारले कुनै वास्ता नगरेको स्थानीय मेहबुब आलमखानले बताए। सडक निर्माण नहुँदा सधैँ दुर्घटना हुने खतरा रहेको उनले बताए।