मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १७ शनिबार ११:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलम्बु फिडरअन्तर्गत  आज विभिन्न स्थानमा बिजुली काटिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार ११:oo:oo

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुंगलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुंगल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ। निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ ।