मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार १३:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नो केबलकार’ समूहको आन्दोलन जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १३:३७:oo

ताप्लेजुङ जिल्लाको पाथिभरामा केवलकार बनाउनु हुँदैन भन्दै आन्दोलन गरिरहेका ‘नो केवलकार’ पक्षले शनिबार(आज) कोशी प्रदेश र मधेस प्रदेश भरि प्रर्दशन र जुलुस गरिरहेका छन् । समुहको आन्दोलनको कार्यक्रम अनुसार फागुन १७ गते शनिबार(आज) कोशीका १४ वटै जिल्ला तथा मधेशमा जनप्रदर्शन र विरोध गरिरहेको मुक्कुम्लुङ अभियान्ता राम मादेनले जानकारी दिए । मादेनले फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने बताए ।

मादेनले केवलकार खारेजी बाहेकका विकल्प नभएको तर वार्ताको टेवलमा बसेपछि वार्ता टोलीले नै सुल्झाउने जानकारी दिए । बसेपछि सहमतिको आधारमा गरिने जानकारी दिए ।  मिति नतोकिएको कार्यक्रमअन्तर्गत ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवार सहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्र संघको सम्बन्धित निकायमा उजुरी दिने गरी आन्दोलनरत पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

आन्दोलनरत पक्षले शनिबार(आज) देखि आन्दोलनको कार्यक्रम  कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र  राजधानी काठमाडौँमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम रहेको लिम्बुले बताए ।  वार्तामा बस्नु अघि ‘नो केबलकार’ पक्षले एक विज्ञप्ती सर्वाजनिक गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ, केबलकार निर्माण क्षेत्रबाट सुरक्षा फौज फिर्ता र केबलकार निर्माण कार्य बन्द गरी त्यहाँबाट निर्माण सामग्री र उपकरण तथा निर्माणमा खटिएका जनशक्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन्।

‘नो केबलकार’ पक्षसँग वार्ताका लागि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह सहसचिव प्रेमप्रसाद भट्टराईले गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका ( जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूबिच भएको छलफलको अपडेट लिएर सोही आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिएको जानकारी दिए । आन्दोलनरत पक्षले भने मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नुपर्नेसहितका ४ बुँदे शर्त अघि सारेको छ । उसले बिहीबार दिउँसो दोस्रो चरणका आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ । 

नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै सहसचिव भट्टराईले आइतबार आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेख्ने र सोमबार वार्तामा बस्ने गरी सरकारी टोलीको तयारी रहेको बताए । सहसचिव भट्टराईले ‘माननीय गृहमन्त्री ज्यु र कोशी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीय ज्युहरूबिच भएको छलफल र छलफलबाट प्राप्त रायका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेका छौं’ बताए । सरकारी वार्ता टोलीका तर्फबाट बिहीबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने भनिएको थियो तर, संघीय सांसद र गृहमन्त्रीको छलफलको अपडेटका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्र पठाईने भएकाले ढिला भएको समेत जानकारी दिए ।