मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १७ शनिबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १३:२५:oo

गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्। उपत्यका प्रहरी कार्यालयले  काठमाडौंमा आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै  समाजकै लागि घातक रूपमा देखापरिरहेको बताए।

लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ’, गृहमन्त्री लेखकले भने, ‘सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’ लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरूरी रहेको बताए। 

लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरूरी रहेको भन्दै उनले विद्यालयस्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको उल्लेख गरे। 

सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेकोउनको भनाइ थियो । ‘एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाडि पनि लागुऔषध कारक देखिन्छ’, लेखकले भने, ‘समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडि लागुऔषध र मादक पदार्थ कारकका रूपमा देखापरेकाले समाजका धेरै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण गर्न आवश्यक छ ।’ लागुऔषध नियन्त्रण गर्न सके धेरै अपराधका घटनामा कमी ल्याउन सकिने मन्त्री लेखकको भनाइ छ।