मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नवीन गुरुङ संखुवासभा
२o८१ फाल्गुण १७ शनिबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा एक महिलाको शव भेटियो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १६:४९:oo

संखुवासभाको खाँदबारी नगरपालिका–८, पिप्लेमा शनिबार एक महिलाको शव फेला परेको छ। पिप्लेस्थित आदर्श टोलमा करिब ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए।

बिहान ५ बजेतिर पोख्रेलको शव घरभन्दा केही पर खोल्सामा लडिरहेको अवस्थामा भेटिएको श्रेष्ठको भनाइ छ। मृतक पोख्रेल शुक्रबार बेलुकी ८ बजेदेखि हराइरहेकी थिइन्।

मृतक पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको प्रहरीले जनाएको छ।