
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिबाट पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको हो ।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले धामीलाई नगद १५ हजार रुपैयाँ, प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे। महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रशासकसमेत रहेका पत्रकार धामीले यसअघि इमेज टेलिभिजनदेखि विभिन्न संचार माध्यममा काम गरिसकेका थिए।
प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले आफुले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पाईएको पुरस्कारले थप कार्य क्षेत्रमा उर्जा थपिदिएको बताए ।