मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १७ शनिबार o८:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिबी घटाउन नेपालले गरेको प्रयास प्रशंसनीय : एडिबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o८:४३:oo

एसियाली विकास बैंक (एडिबी)ले गरिबी घटाउन नेपालले प्रगति गरिरहेको भन्दै प्रशंसा गरेको छ । एडिबीका प्रमुख अर्थशास्त्री एवं आर्थिक अनुसन्धान तथा विकास प्रभाव विभागका महानिर्देशक अल्बर्ट एफ पार्कले दुई दशकमा नेपालका नीति–निर्माताले गरिबी घटाउन पहल गरिरहेको बताएका हुन् ।  

चारदिने मिसनमा आएका पार्कले भ्रमणको अन्तिम दिनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् ।

भेटघाटमा उनले गरिबी घटाउन नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको विषयमा प्रशंसा गरेको जानकारी दिए । सन् २०२५ मा एसियाको आर्थिक वृद्धिदर ४.८ प्रतिशत र दक्षिण एसियाको मात्रै ६.३ प्रतिशत रहने अनुमान गरिएको उनले जानकारी दिए ।