मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १७ शनिबार o८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

असन्तुष्ट जसपा र लोसपालाई मनाएर अध्यादेश पास गर्ने कांग्रेस–एमाले प्रयास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o८:२२:oo

सत्तारूढ दल कांग्रेस र एमाले संसद्मा थाती अध्यादेश पारित गराउन जसपा र लोसपालाई फकाउने प्रयासमा लाग्ने भएका छन् । जसपाले साथ नदिँदा राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा छ । सोही कारण सरकारले अध्यादेशलाई कार्यसूचीमा लैजान सकेको छैन । 

शुक्रबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेश पारित गर्ने विषयमा छलफल भएको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले आइतबारसम्म सत्तासाझेदार दलबिच सल्लाह गरेर अध्यादेश पारित गर्ने विषयमा छलफल भएको बताए । 

भूमिसम्बन्धी अध्यादेशमा जसपा र लोसपाले असन्तुष्टि जनाएका छन् । ‘संसद्मा सरकारले प्रस्तुत गरेको अध्यादेश आगामी बैठकमा निर्णयार्थ पेस गर्ने र यसका लागि सत्तारूढ दलहरू जसपा र लोसपालगायतको शीर्ष नेतृत्वसँग बसेर साझा धारणा बनाउने निर्णय भएको छ,’ उनले नयाँ पत्रिकासँग भने । २१ या २२ फागुनको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने सत्तापक्षको तयारी छ । 

सरकारले ल्याएका ६ अध्यादेश पारित गर्नैपर्ने समयसीमा नजिकिँदै छ । तर, सत्तापक्षसँग राष्ट्रिय सभामा बहुमत छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० मत चाहिन्छ । तर, कांग्रेस १६, एमाले ११, लोसपा एक गरी सत्तापक्षका २७ सदस्य मात्रै छन् । जसपाका तीन सांसदको समर्थन हुँदा मात्र अध्यादेश पारित हुने अवस्था छ ।