मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य जाँच गर्दै स्वास्थ्यकर्मी
२o८१ फाल्गुण १७ शनिबार o६:२२:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ताप्लेजुङमा दुई विद्यालयका दुई सय विद्यार्थी एकैपटक बिरामी

एक हप्ताका लागि विद्यालय बन्द, परीक्षणका लागि नमुना आज विराटनगर पठाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o६:२२:oo

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ५ स्थित दुई विद्यालयका करिब दुई सय विद्यार्थी अचानक बिरामी परेपछि दुवै विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । बिहीबारदेखि आगामी बुधबारसम्म विद्यालय बन्द गरिएको हो । 

त्रिभुवन माध्यमिक विद्यालयका करिब १५० विद्यार्थीमा ज्वरो, खोकी, टाउको तथा जिउ दुख्ने, नाकबाट पानी बग्ने र पेट दुख्नेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक कमल चेम्जोङले बताए । उनका अनुसार मंगलबार केही विद्यार्थीमा ज्वरो र खोकीको लक्षण देखा परेको थियो भने बुधबार अरू विद्यार्थीमा पनि सरेको थियो । जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि यस्तै लक्षण देखिएपछि सो विद्यालयसमेत बन्द गरिएको छ ।

स्वास्थ्य परीक्षणका लागि पालिकाको स्वास्थ्य टोली शुक्रबार विद्यालय पुगेको स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले बताए । त्रिभुवन माविमा परीक्षण गरिएका ७७ विद्यार्थीमा संक्रमण पुष्टि भएको छ भने जनज्योतिका ३० विद्यार्थीमा रुघा, खोकी, ज्वरो, पेट दुख्ने तथा अत्यधिक कमजोरी देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलको नेतृत्वको चिकित्सकसहितको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ । खोकी, ज्वरो देखिएका विद्यार्थीको उपचार गरिएको र शनिबार खकारको नमूना संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइने पौडेलले बताए । पौडेलले संक्रमण भाइरल इन्फ्लुएन्जा रहेको आशंका गरे ।