
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको फागुन १७ गते शनिबारदेखि २३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको प्रारम्भमा नातेदारले अपमानित तुल्याउन सक्छन् । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यावहारिक जानकारी लिनु राम्रो हुनेछ । बिहीबारदेखि आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनुपर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ती दिए लाभ हुनेछ । बुधबारदेखि प्रतिस्पर्धीहरूले औँला ठड्याउने अवसर पाउनेछन् । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । सप्ताहान्तमा नयाँ सवारीसाधन खरिदबिक्रीबाट लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मित्रजनबाट साथ सहयोग मिल्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सप्ताहान्तमा भाग्यले साथ दिनेछ । नयाँ मित्रताबाट भरपूर साथ मिल्नेछ । रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको प्रारम्भमा पारिवारिक समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । विचार पु¥याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साताको अन्त्यमा अन्तिममा मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्वपूर्ण बन्न सक्छ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । बिहीबारपछि अध्ययन, अध्यापन र लेखन कार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आत्मविश्वासमा अभिवृद्धि हुनेछ । व्यापारमा लगानी गर्नेहरूले सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी बढाउँदा नाफा हुने देखिन्छ । बिहीबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्नेछ । प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखापर्नेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । वैदेशिक यात्रा सफल हुने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : शुभ समाचार प्राप्त हुनाले मन फुरुंग हुनेछ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । वैदेशिक सहयोग मिल्नुका साथै सफल यात्राको योग रहेकाले सोचेअनुसार फाइदा पुग्ने छ । सप्ताहान्तमा विद्यार्थीका लागि सुखद समाचार आउला । शैक्षिक यात्राको प्रक्रिया अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यावहारिक रूपमा फाइदा पुग्नेछ । अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्नेछ । महत्वपूर्ण सूचना चुहावट हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा लेनदेन र हिसाबकिताबमा सावधान नहुँदा बीचमा केही विवाद हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : विगतमा भएका राम्रा कार्यको स्मरण हुनेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नुपर्छ । क्रोध, प्रतिशोध, रिसरागमाथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । साताको अन्त्यमा गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : सुरुमा मातापिताको आशीर्वचन र सल्लाह प्राप्त हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ । सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ । इच्छाएको जिम्मेवारी प्राप्त हुन सक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्य लाभ प्राप्त गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । बिहीवारदेखि श्रम र व्यवसायबाट मनग्य आम्दानी हुनेछ । सप्ताहान्तमा पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।