मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १३ मंगलबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली सरकारबाट जनताको कहिले पनि भलो भएन : ज्ञानेन्द्र शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १३:५५:oo

राष्ट्रिय प्रजातन्त्र  पार्टीका सांसद ज्ञानेन्द्र शाहीले केपी ओली सरकारबाट जनताको कहिले भलो नहुने बताएका छन्। मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले कहिलेसम्म स्थानीय तहलाई ठप्प बनाउने भनेर प्रश्न गरे।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर संघीय सरकारको आलोचना गरे ।

गाउँ गाउँमा सिंह गयो, दरबार गएन, ओली सरकारबाट जनताको कहिले पनि भलो भएन,’ शाहीले भने, ‘काठमाडौं महानगरपालिका सहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए ।

काठमाडौं महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन । यो ओली सरकारलाई त्यसको पाप लाग्ला,’ शाहीले भने ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।
८३ हजार ५५८ निजामती कर्मचारी नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियानका लागि नियुक्ति गरेको हो ?’ आक्रोशित हुँदै सांसद शाहीले सोधे ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तासँग डर लागे स्थानीय तहको चुनाव नै नगर्ने बाटो अवलम्बन गर्न उनले संघीय सरकारलाई चेतावनी दिए ।

‘यदि तपाईंहरूलाई नयाँ साथीहरूप्रति डर लाग्छ भने आउने स्थानीय तहको चुनाव नगर्नुस्, आफ्ना कार्यकर्तालाई घोषणा गर्नुस् । होइन भने कर्मचारीलाई रोकेर स्थानीय तहलाई ठप्प पार्न पाइँदैन,’ उनले भने ।