मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ फाल्गुण ९ शुक्रबार o९:oo:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

३ प्रश्न नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार o९:oo:oo

सरकारी कोषहरूमा मौज्दात रहेको रकम खिच्ने सरकारको तयारीबारे के भन्नुहुन्छ ?
सरकारलाई खर्च व्यवस्थापनमा असजिलो पर्दा यस्ता कोषहरूको रकम खिचेर चलाउन मिल्छ । तर, त्यसरी खिचेको रकम कहाँ र कसरी लगानी हुन्छ, त्यसबाट रिटर्न कस्तो र कहिले हुन्छ ? यस्ता पक्षमा भने ध्यान पुर्‍याउनैपर्छ । सरकार घाटामा चलिरहेको समयमा यस्ता कोषहरूको रकम परिचालन गर्नु राम्रै हो । तर, त्यसलाई अनुत्पादक क्षेत्रमा जानबाट भने रोक्नैपर्छ । 

यस्तो कोषको रकमको दुरुपयोग हुन नदिन के गर्नुपर्ला ?
सरकारले प्रतिबद्धता खर्च अर्थात् चालू खर्च नगरी हुँदैन । यसलाई चाहेर पनि रोक्न मिल्दैन । तर, यसरी विभिन्न कोषहरूबाट खिचेको रकमले यस्तो खर्चको जोहो गर्नुचाहिँ गलत हुन्छ । यस्ता सरकारी कोषहरूबाट ल्याइएको रकम कहाँ र कसरी खर्च गर्ने भन्ने विषयमा कडा वित्तीय अनुशासन चाहिन्छ । त्यस्तो रकम लगानी गर्ने आयोजनाका प्राथमिकीकरणमा पनि पर्याप्त ध्यान दिनुपर्छ । यसका लागि राष्ट्र बैंक, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले मिलेर काम गर्नुपर्छ । विनियोजनको प्रस्ट सिद्धान्त तयार गर्नुपर्छ । चालु र पुँजीगत खर्चको सीमा निर्धारण गर्नुपर्छ । यस्ता पक्षमा कडाइसाथ काम गर्ने हो भने दुरुपयोगको सम्भावना नहोला ।

कोषलाई आवश्यक पर्दा सरकारले फिर्ता गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन ?
कोषलाई आवश्यक परेको समयमा सरकारले यस्तो रकम फिर्तै गर्न नसक्ने भन्ने हुँदैन । ऊसित असीमित विशेषाधिकार हुन्छ । त्यस्तो अवस्थामा उसले जसरी भए पनि त्यो फिर्ता गर्छ र त्यो गर्नु उसको दायित्व पनि हो । त्यसैले, यसमा शंका गरिरहनुपर्दैन ।