मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वसशस्त्र प्रहरी संघमा नारायणबाबु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १७:oo:oo

नेपाल पूर्वसशस्त्र प्रहरी संघको १७औँ साधारणसभा तथा छैठौँ केन्द्रीय अधिवेशनबाट अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) नारायणबाबु थापा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। थापाको नेतृत्वमा चयन भएको ३९ कार्यसमितिलाई सशस्त्र प्रधान कार्यालयमा बुधबार प्रमाणपत्र वितरण, शपथग्रहण तथा जिम्मेवारीसमेत हस्तान्तरण गरिएको छ। 

अशक्त अवकाश, सहिद र दिवंगत भएकाहरूको हकदारबाट समेत प्रतिनिधित्व गराई नयाँ कार्यसमिति चयन गरिएको  संघले जनाएको छ। 

देश विदेशमा छरिएर रहेका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, वीरगति प्राप्त तथा दिवंगत हुनेहरूका आश्रित परिवारलाई एकताबद्ध गराउनुका साथै संगठनमार्फत उपलब्ध हुने स्वास्थ्य उपचार, कल्याणकारी सेवा केन्द्रबाट उपलब्ध हुने विभिन्न कल्याणकारी योजनाहरूलगायतका कार्य अघि बढाउने आफूहरूको मुख्य कार्ययोजना रहेको संघका नवनियुक्त अध्यक्ष थापाले बताए। 

संघको साधारणसभा तथा छैठौँ केन्द्रीय अधिवेशन गत पुस १७ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोही अवसरमा महानिरीक्षक अर्यालले साधारणसभा तथा छैठौँ केन्द्रीय अधिवेशनबाट नियुक्त भएको नयाँ कार्यसमितिले थप नयाँ कार्ययोजनासहित सबैलाई सम्मान तथा समेटिने गरी समग्र राष्ट्र, संगठन र बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको हितमा केन्द्रित रही कार्य गर्ने विश्वास व्यक्त गरेका थिए। 

यसअघि नेपाल पूर्वसशस्त्र प्रहरी संघको अध्यक्षको कार्यभार अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सम्हाल्दै आएका थिए।