मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २३ मंगलबार २१:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः सशस्त्र प्रहरीका चार डिआइजीको एक वर्ष पदावधि थप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार २१:३३:oo

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक(डिआइजी)को पदावधि एक वर्ष थप गरेको छ। डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि थप भएको हो। मंगलबार निर्णय नभएको अवस्थामा उनीहरूले बुधबारदेखि अवकाश पाउने थिए। 

सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४+१ हुने उल्लेख छ। उनीहरूको चार वर्ष पदावधि  मंगलबार पुगेको हो। दुई साताअघि नै सशस्त्र प्रहरी प्रधान कार्यालयले पदावधि थपका लागि प्रस्ताव पठाए पनि मन्त्रिपरिषदमा रोकिएको थियो। अन्तिम दिन उनीहरूको पदावधि थप भएको हो। 

पदावधि थप भएसँगै यो ब्याचबाट सशस्त्रमा आइजिपी बन्ने सम्भावना कायम भएको छ।