व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराध तथा अपराधिक लाभ मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार मुद्दा दायर गरेको हो।
मुद्दामा प्रसाईंसहित हरिचन्द्र फुँयाल तथा रामचन्द्र मैनालीलाई प्रतिवादी बनाएको छ। प्रसाईंविरुद्ध नेपाल राष्ट्र बैंकका साथै व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले उजुरी दिएका थिए। अभियोगपत्रमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत प्रसाईंले धम्क्याएको उल्लेख छ।