मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १६ मंगलबार o७:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लाजिम्पाटमा जग्गा व्यवसायीको हत्या प्रयास प्रकरण : मनाङेको यस्तो थियो ‘कनेक्सन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार o७:२३:oo

घाइते विक्रम लामालाई अस्पतालमा भेट्ने क्रममा मनाङेले भनेका थिए– मेरो नाम लिएर आक्रमण गर्न सक्छन्, तर कानुनी उपचार गर्न पछि नहट्नु

काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भएको रड प्रहार घटनामा गण्डकी प्रदेशका सांसद दिपक मनाङे (राजीव गुरुङ) पनि जोडिएका छन् । मनाङेका पूर्वस्वकीय सचिव टीका भण्डारी पक्राउ परेपछि घटनामा उनी जोडिएका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा पक्राउ परेका भण्डारीसहित अन्य तीनविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट आइतबार पाँच दिनको म्याद थप गरेको छ । यसअघि प्रहरीले मार्सल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनारलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरअन्तर्गत मुद्दामा अनुसन्धान गर्दै आएको छ । 

एसपी नवराज अधिकारी, प्रवक्ता, प्रहरी परिसर काठमाडौं
इनोभा अस्पताल परिसरमा भएको रड प्रहार घटनमा संलग्न भएको अभियोगमा टीका भण्डारी पक्राउ परेका छन् । यसअघि अन्य दुईजना पक्राउ परेका थिए । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरअन्तर्गत अनुसन्धान जारी छ । अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले इनोभा अस्पतालपरिसरमा भएको रड प्रहार घटनामा संलग्नमध्ये भण्डारी पक्राउ परेको र उनीविरुद्ध पाँच दिनको म्याद मिलान भएको बताए । ‘इनोभा अस्पताल परिसरमा भएको रड प्रहार घटनामा संलग्न भएको अभियोगमा टीका भण्डारी पक्राउ परेका छन् । यसअघि अन्य दुईजना पक्राउ परेका थिए । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरअन्तर्गत अनुसन्धान जारी छ । अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ,’ उनले भने ।

गत ११ कात्तिकमा घरजग्गा व्यवसायी बिक्रम लामामाथि पेशेवर गिरोहले सांघातिक हमला गरेका थिए । टाउको, शरीर, हात र खुट्टामा गम्भीर चोट लागेका उनको चार दिनपछि मात्रै होस खुलेको थियो । प्रहरीका अनुसार लामाका पूर्वभाउजू लक्ष्मी राईको योजनामा मनाङेले लामामाथि सांघातिक हमला गर्न लगाएका थिए । लक्ष्मीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउपुर्जी जारी भइसकेको छ । राई अहिले बेलायतमा छिन् । उनीसहित धादिङका रमेश सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

प्रहरीका अनुसार घटना संगठित तवर भएको देखिन्छ । योजना बनाउने, कार्यान्वयनका लागि जिम्मा लिने र कार्यान्वयन गर्न ‘फिल्ड’मा खटिने व्यक्ति फरक–फरक भूमिकामा बसेर हमला गराइएकाले प्रहरीले घटनालाई ज्यान मार्ने उद्योगसहित संगठित कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ । हमला गर्ने उद्देश्यले राई–मनाङे, मनाङे–भण्डारी र भण्डारी–हमलाकर्ताबिच पटक–पटक टेलिफोन वार्ता भएको अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान गरिरहेको छ । 

ज्यान मार्ने उद्योगमा सदरखोर डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका मनाङेले इनोभा आक्रमणमा आफ्नो संलग्नता नकार्दै आएका छन् । आक्रमणपछि घाइते भएका विक्रमलाई भेट्न उनी अस्पताल पनि पुगेका थिए । उनले त्यसवेला विक्रमलाई भनेका थिए– ‘मेरो नाम लिएर कसैले आक्रमण गर्न पनि सक्छ । तिनीहरूविरुद्ध कानुनी उपचार खोज्न नडराउनु ।’ घटनालगत्तै प्रहरीले शैलेन्द्रलाई पक्राउ गरे पनि मुद्दा भने अभद्र व्यवहारअन्तर्गत चलाएको थियो । उनी १६ मंसिरमै जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका थिए । उनीविरुद्ध २८ दिन कैद सजाय तोकिएको थियो । तर, उनी सोही मुद्दामा हिरासत बसेकाले मुक्त भएका थिए । तर, उनीविरुद्धको ज्यान मार्ने उद्योग र संगठित अपराध कसुर बाँकी नै रहेकाले प्रहरीले तत्काल पक्राउ गरेको थियो ।