मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १९ शुक्रबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठगी आरोपपछि लेखा समिति सभापतिका स्वकीय सचिव पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १२:३४:oo

ठगी आरोप लागेपछि लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदमुक्त भएका छन्। उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछि सभापति पोखरेलले उनलाई पदमुक्त गरेका हुन्।

शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोकोहीमाथि निष्पक्ष छानबिन र दोषीउपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेकाले स्वकीय सचिवलाई पदबाट निष्कासन गरेको उल्लेख गरेका छन्।

‘मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुने गरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।