मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
२o८१ पौष १९ शुक्रबार १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउन सचेतना अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १२:२८:oo

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ । बाँके राष्ट्रिय निकुञ्जनजिकको राप्तीसोनारी गाउँपालिका- २ र बर्दिया राष्ट्रिय निकुञ्जछेउको मधुवन नगरपालिका- २ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो । 

समुदायका लागि सञ्चार अभिनय नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइनेछ ।