प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्ने कार्यसूची छ। त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्।
प्रदेश अध्यक्षहरूको रिपोर्टिङपछि प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिकलगायत विषय समावेश हुनेछन्।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्। उनी यसअघि पनि पार्टी बैठकहरूमा सहभागी हुँदै आएका थिए।