अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल टिकटकलाई तत्काल बन्द नगर्ने पक्षमा उभिएका छन्। यसअघि अमेरिकाले टिकटकलाई १९ जनवरीभित्र बन्द गर्न वा कम्पनी बिक्रि गर्न निर्देशन दिएको थियो।
ट्रम्पले शुक्रबार अमेरिकाको सर्वाेच्च अदालतले टिकटकलाई बन्द गराउने प्रक्रिया तत्काल स्थगनका लागि आग्रह गरेका छन्। यो विषय आफु राष्ट्रपतिका रुपमा काम थालेपछि राजनीतिक रुपमा हल गर्ने उनको भनाई छ । ट्रम्पले २० जनवरीदेखि पद सम्हाल्दैछन्।
कुनै समय ट्रम्प टिकटक बन्द गर्नुपर्ने पक्षमा थिए। तर, राष्ट्रपतिको निर्वाचनमा उनले यही प्लेटफर्मले अधिकतम प्रयोग गरी प्रचार गरेका थिए। जसकारण टिकटकलाई बन्द गराउने प्रक्रिया तत्कालका लागि स्थगनको आग्रह गरेका हुन्।
भिडियोमा आधारिक चिनियाँ एप टिकटकले व्यक्तिगत गोपनियताका सर्तहरु पालना नगरेको भन्दै अमेरिकामा बन्द गराउने प्रक्रिया अघि बढेको छ।