मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Sunday, 29 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ पौष १३ शनिबार २१:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद

उत्कृष्ट खेलाडी तयार गर्ने उदेश्यले सशस्त्र प्रहरीद्वारा ‘ग्रासरुट’ फुटबल प्रशिक्षणको सुरुवात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार २१:१३:oo

दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरेर प्रशिक्षण अभियानको सुरुवात गरेका छन् । 

सो क्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरुको बौद्धिक, भावनात्मक र शारिरीक विकासमा समेत बृद्धि हुने विश्वास व्यक्त  गरे। यसअन्तर्गत ६ देखि १५ वर्षसम्मका बालवालिकालाई फुटबल प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन  लक्ष्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । 

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुची राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र सर्वसाधारणका सन्ततीलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने विश्वास व्यक्त गरे। 

 

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका एक सय २९ सन्तति, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका चार सन्तति र सर्वसाधारण नागरिकका एक सय ३५ सन्नति गरी कुल दुई सय ६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालय परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन  गरेका छन्।   बक्सिङ विधाका खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि आधारभूतस्तरको नेपाल एपिएफ बक्सिङ प्रशिक्षण रिङको निर्माण गरी प्रशिक्षण गराउन लागिएको उनले बताए ।