Skip This
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार १५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १५:३३:oo

साता पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर दुई हजार ६६७.४० को विन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७६ हजार ४१८ पटक खरिद–बिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० को कारोबार भएको छ ।

लगानी समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.६३ प्रतिशतले घटेको छ । 

बैंकिङ ०.५४, वित्त ०.३७, होटेल तथा पर्यटन ०.४९ र जलविद्युत् समूह ०.४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा ०.५५, लघुवित्त ०.९४, म्युचुअल फन्ड ०.१२, निर्जीवन बिमा ०.१७, व्यापार ०.०७ र अन्य समूह ०.७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ९.९१ प्रतिशतले बढेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु. ६० करोड ८७ लाख ३६ हजार १५२ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार ८१३ कित्ता सेयर किनबेच भएको छ ।