घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उद्योग दिवसको अवसरमा जिल्लाभरका ६५ उद्यमीलाई सम्मान गरेको छ । उद्यमीहरूलाई रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायतले सम्मान गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको वार्षिक स्वीकृत औद्योगिक प्रवर्द्धन प्याकेज कार्यक्रममार्फत दशौँ उद्योग दिवसका अवसरमा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिए ।
विभिन्न विधामा उद्यम गरेर आफ्नो आय–आयर्जनसहित देशकै आर्थिक विकासमा टेवा पुर्याएका उद्यमीहरूको ऊर्जाका लागि सम्मान गरिएको अर्यालले बताए । कार्यालयका कर्मचारीहरूमध्ये उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीलाई पनि कार्यालयले सम्मान गरेको छ ।