मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार

उमेर पुगी विवाह गर्नेलाई गाउँपालिकाले दिन थाल्याे विवाहस्थलमै पुगेर बधाई–पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १३:४o:oo

पातारासी गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई विवाहस्थलमै पुगेर बधाई–पत्र दिन थालेको छ । गाउँपालिकाको यस्तो सचेतनामूलक अभियानले गाउँपालिकामा पछिल्लो समयमा बालविवाह न्यूनीकरण हुँदै गएको छ ।

गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बालविवाह न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले बालविवाहसम्बन्धी कानुनी सचेतीकरणदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । 

पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीका अनुसार हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, र्‍याली अभियान, अन्तर्क्रिया, सडकनाटक प्रदर्शन, बस्ती–बस्ती, माविस्तरका विद्यालय, समुदायमा जाने, सचेतना कार्यक्रम गर्नेलगायतका काम निरन्तर भइरहेका छन् ।

बालविवाह न्यूनीकरणका कार्यक्रममा अध्यक्ष पूर्णसिंह बोहरा, उपाध्यक्ष जनमाया रोकायालगायत सबै जनप्रतिनिधिले सहयोग गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख गिरीले बताइन् । सोही योजनाअनुरूप पातारासी गाउँपालिका– ७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का)लाई विवाहस्थलमै पुगेर यस वर्ष पहिलो बधाई–पत्र प्रदान गरिएको उनले बताइन् ।

यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो । बधाई–पत्रमा वडाध्यक्ष, वडासचिव र महिला तथा बालबालिका शाखा प्रमुखको हस्ताक्षर छ ।

पातारासीको वडा नम्बर– ५ बालविवाहमुक्त वडा घोषणा भइसकेको छ भने अन्य वडाहरूलाई पनि अभियानमा सहभागी गराउन योजना अघि बढाइएको गिरीले बताइन् ।