मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ मङ्सिर ९ आइतबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनको पत्र प्राप्त भए पनि एमालेले जरिवाना नतिर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १२:५९:oo

काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।

यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

एमाले केन्द्रीय कार्यालयले पनि काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताएको छ । सभा सकिएलगत्तै आफैँ सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको एमालेको भनाइ छ ।

मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको एमालेले टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।