मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ७ शुक्रबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार

जनमतकी सांसद सापकोटालाई कारबाही गर्न आवश्यक नभएको सभामुखको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १५:५९:oo

जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई दलबाट निष्कासन गर्न संघीय संसदमा दिनएको निवेदनमाथि सभामुख देवराज घिमिरेले पद नै जाने प्रकृतिको कुनै काम नगरेको जनाएका छन् । जनमतले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ अनुसार सापकोटालाई दलबाट निष्कासन गरी संसद्को सदस्य नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेको थियो । 

तर, सभामुख घिमिरेले सापकोटाले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्कासन गरी  संसद्को सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानुनले परिभाषित गरेको कसुर गरेको भन्नेसमेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरू विश्वसनीय नदेखिएकोले थप कारबाही अगाडि नबढाउने निर्णय गरेका हुन् । 

यस्तो छ सभामुखको भनाइ 
दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नुपर्नेमा कुनै द्विविधा छैन । तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारबाही गर्ने र पदच्युत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुऱ्याउँछ।