मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
रासस चितवन
२o८१ मङ्सिर ७ शुक्रबार १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विभाजनको शृंखला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : प्रचण्ड

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १५:२७:oo

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । 

चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफलमा प्रचण्डले विभाजनको शृंखला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए । 

उनले भने, ‘अब मिल्नुको विकल्प छैन, विभाजनको  शृंखला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।’ देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले बिस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’ अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो । 

कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रस्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए ।