मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ७ शुक्रबार १o:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको क्रेडिट रेटिङ स्कोरले न्यून ब्याजदरमा ऋण लिन सक्ने अवस्था देखाएको छ : मन्त्रालय

नेपालको क्रेडिट रेटिङ स्कोरबाट विदेशी ऋणको प्रिमियम १.५ प्रतिशतले सस्तो हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १o:४३:oo

फिच रेटिङ्सबाट भएको नेपालको क्रेडिट रेटिङ स्कोरले अन्तर्राष्ट्रिय बजारबाट कम ब्याजदरमा ऋण लिन सक्ने अवस्था देखाएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वभौम साख मूल्यांकनबारे जानकारी गराएको छ। विदेशबाट ऋण ल्याउँदा लागत (रिस्क प्रिमियम) १.५ प्रतिशतले कम हुने रेटिङ सल्लाहकार स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ।

क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ। यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्नसमेत सहयोग पुग्नेछ।

नेपालले सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ)मा बिबी माइनस ग्रेड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले बिहीबार यस्तो रेटिङ प्रतिवेदन सार्वजनिक गरेको हो ।

फिचका अनुसार बिबी रेटिङले कर्जाको जोखिम बढ्ने सम्भावनालाई देखाउँछ, यद्यपि यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सामर्थ्य रहेको अवस्थालाई पनि जनाउँछ । माइनस (नेगेटिभ) आउटलुकले भविष्यमा क्रेडिट रेटिङ खस्किन सक्ने सम्भावनालाई इंगित गर्छ । तर, फिचका अनुसार नेपालले स्थिर परिदृश्य (स्टेबल आउटलुक) सहितको ग्रेड प्राप्त गरेकाले हाल देशले प्राप्त गरेको रेटिङ केही समय स्थिर रहने अवस्थामा रहेको देखाउँछ ।