मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ६ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पश्चिमा कुप्रचारका कारण बिआरआई सहयोगलाई ‘ऋण पासो’का रूपमा व्याख्या गरियो : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार १७:o५:oo

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका सरकारहरू पश्चिमा शक्तिहरूको चीनविरोधी कुप्रचारको सिकार भएकाे टिप्पणी गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै खनालले पश्चिमा कुप्रचारका कारण बिआरआई सहयोगलाई ‘ऋण पासो’का रूपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलबाड भइरहेको प्रतिक्रिया जनाएका हुन्।

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ एउटा विश्वव्यापी अवधारणा र परियोजना बनिसकेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘तर फेरि पनि बिआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारूढ दुई दलबिच बहस भइरहनु र ठोस निर्णय गर्न नसक्नु मुलुककै निम्ति विडम्बना बन्न पुगेको छ। त्यही बिआरआई विश्वका १५३ देशहरूका लागि हितकर हुने, तर नेपालको निम्ति ‘ऋण पासो’ कसरी हुन्छ? यो कहाँको स्टान्डर हो? सत्तारूढ दलहरू नेपाली बुद्धिले चल्छन् कि पश्चिमाहरूको निर्देशनमा चल्छन्?’

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा बिआरआईलगायत नेपालको राष्ट्रिय हितअनुकूल हुने अन्य विषयमा सम्झौता होस् भन्ने जनताले आशा राखेको भन्दै खनालले भूराजनीतिको ‘पासो’मा नफसी अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपाली बुद्धिले नै हेर्न आग्रह गरेका छन्।

‘चीनसँगको सहयोग र सम्बन्ध नेपालको विश्वसँगको सहयोग र सम्बन्धको अभिन्न अंग हो। हरेक देशसँग हाम्रा सम्बन्धका विशिष्ट आयामहरू हुन्छन्। अरू देश वा शक्तिले के भन्छन् भनेर होइन, हामीले हाम्रो देशको राष्ट्रिय हितलाई सर्वोपरि राखेर कुनै पनि देशसँगका सम्बन्धलाई र सहयोगलाई अघि बढाउन सक्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।