मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार २१:५५:oo
Read Time : > 1 मिनेट
समाचार

पोखरामा बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार २१:५५:oo

पोखरामा ‘बिवाइडी अन्तराष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरु भएको छ । साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उदेश्यसहित बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलबार महोत्सव सुरु भएको हो ।

क्रिसमससँगै अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर १७ पुस अर्थात आउँदो १ जनवरी २०२५ सम्म सञ्चालन हुने महोत्सवको स्थानीय संयोजन फेवा क्लबले गरेको छ ।
बिवाइडीको मुख्य प्रायोजनमा सुरु भएको नौ दिने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । महोत्सव अवधिभर दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १५ देशका १७ वटा हट एयर बेलुन उड्ने छन् । 

महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अष्ट्रेलिया, अमेरिका, अष्ट्रिया, कोरिया, इटाली, यूके, लाओस, जर्मनी, भारत, दुवई, नेदरल्याण्ड, थाइल्याण्ड, बेल्जियमलगायत देशका हट एयर पाईलटहरूको सहभागिता रहेको आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए । 

पोखरा महानगर–२३ र २४ पर्ने फेवा फाँट अन्तर्गतको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा बेलुन उडान हुनेछ । महोत्सवमा उडान भर्ने बेलुनहरूले पाँच हजार फिट माथि र एक पटकमा ४० मिनेट उडान भर्ने उनले जानकारी दिए । ४० मिनेटको उडानको मुख्य आकर्षणमा सूर्योदय र सूर्यास्त, फेवाताल, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिसँगै अन्य हिमशृंखला, आसपासका गाउँ, वन जंगलसँगै पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिने वाडेले जानकारी दिए । 

बिहान ६ः०० देखि ९ः०० बजेसम्म र साँझ १६ः०० देखि १८ः०० बजेसम्म गरी दुई चरणमा उडान हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । महोत्सवमा हरेक साँझ आतिशबाजी, बेलुन दौड, क्याम्पिङ, डिजे, इभनिङ ग्लो, आगो खेललगायतका हुनेछन् । यसैगरी महोत्सव अवधिभर स्थानीय सांगीतिक ब्यान्डका साथै काठमाडांैको कुमारी नृत्य, बजै योगिनी, दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ब्यान्ड, कविता नेपाली, कार्टुन क्रुज, राजेश हमाल, प्रियंका कार्कीलगायतको प्रस्तुति हुनेछन् ।