मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार २o:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद

पाँचौँ संस्करणको क्रस कन्ट्री दौडको उपाधि सेनाका रावललाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार २o:४९:oo

नेपाली सेनाका करण रावलले पाँचौँ संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि हात पारेका छन् । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाको आयोजनामा भएको २५ किलोमिटर दुरीको दौड एक घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै रावलले उपाधि हात पारेका हुन् । 

यस्तै, एक घण्टा ३२ मिनेट ९ सेकेण्डमा दुरी पार गरी सेनाकै टंकबहादुर कार्की दोस्रो र एक घण्टा ३२ मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दै रमेश लिम्बू तेस्रो भएका छन् । 

प्रतियोगिताअन्तर्गत खुल्ला महिला १० किलोमिटर दौडको उपाधि रविना बुढामगरले हात पारिन् । उनले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा दुरी पार गरेकी थिइन । विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् ।

२१ वर्षमुनिका पुरुषतर्फको १० किलोमिटर दौडको उपाधि सनम गुरुङले हात पारे । उनले निर्धारित दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए । सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र गोरखाका अशोक बरामले ५१ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

प्रतियोगितामा प्रथम, दोसो र तेस्रो हुनेहरूले क्रमशः २५ किमितर्फ ५०, ४०, ३०, महिला र २१ वर्ष मुनितर्फ समान जनही १५, १०, ५ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता धावकहरुलाई प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, आयोजक  मञ्चका अध्यक्ष सुवेदार मेजर दुतप्रसाद गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।