Skip This
१७ दिन थुनामा बसेपछि धरौटीमा छुटिन् आशिका तामाङ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार

१७ दिन थुनामा बसेपछि धरौटीमा छुटिन् आशिका तामाङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १८:४८:oo

कलाकार तथा अभियन्ता आशिका तामाङ पक्राउ परेको १७ दिनपछि छुटेकी छिन्। जिल्ला अदालत, भक्तपुरले उनलाई शुक्रबार २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। प्रहरीले भक्तपुरमा उनीविरुद्ध आपराधिक उपद्रव मुद्दा दायर गरेको थियो।

केही महिनाअघि साँगास्थित झोलुङे पुलमा नगरपालिकाले टिकट काटेको  विवादमा उनले टिकट काउन्टर तोडफोड गरेकी थिइन् । सोही घटनामा सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा प्रहरीले उनलाई मुद्दा दायर गरेको थियो। 

गत २ माघमा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो। अभद्र व्यवहारको मुद्दामा १४ दिनमा थुनामा राखेर अनुसन्धान भएकोमा जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो। पशुपति विकास कोषले करारका कर्मचारी निकालेको विरोधमा उनले हुल लिएर गएर गालीगलौच गरेको विषयमा उनीविरुद्ध अभद्र व्यवकारको कसुरमा मुद्दा चलेको हो। बोल्दा गल्ती भएको भनेर माफी माग्दा पनि थुनामै राखेर मुद्दा चलाइएको भन्दै प्रहरीको आलोचना भएको थियो।