Skip This
९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार बैंकले साढे १० अर्ब लगानी गर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार २o:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार बैंकले साढे १० अर्ब लगानी गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार २o:३o:oo

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार बैंक तथा वित्तीय संस्थाले  साढे १० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । कुमारी बैंकको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा माघ १८ गते शुक्रबार हस्ताक्षर भएको हो । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा सो आयोजना निर्माण हुनेछ । 

कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता गरिएको हो  । हाल चार वित्तीय संस्थाबिच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्ने बताइएको छ ।

निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंकले चार अर्ब, प्रभु बैंकले तीन अर्ब, सिद्धार्थ बैंकले दुई अर्ब र कृषि विकास बैंकले एक अर्ब पाँच करोड लगानी गर्नेछन् ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । डोल्मा इम्प्याक्ट फन्डले पनि स्वपुँजी लगानी गर्न पूर्वआवश्यक अध्ययन अगाडि बढाएको कम्पनीका अध्यक्ष अनुप आचार्यले बताए । यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत् आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग ०८० साल कात्तिक १ गते विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ०८६ साल वैशाख २२ रहेको छ । आयोजना प्राविधिक प्ररामर्शदाता क्लिन इन्ज कन्सल्टेन्स प्रालि रहेको छ । 

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस भएको कम्पनीका अध्यक्षले बताए । 

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारणलाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्कीचोक सबस्टेसनमा २२०-१३२ केभीमा जोडिनेछ ।