Skip This
महेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ माघ १८ शुक्रबार २o:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु

हिमालदेखि समुद्रसम्मका युवाका साझा सवालमा बहस

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार २o:१९:oo

कञ्चनपुरको महेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । भीमदत्त नगरपालिका– ३ महेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा सम्मेलन ०२५ सुरु भएको हो । नेपाल, भारत र बंलादेशका युवा सम्मिलित उक्त सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । 

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सामाजिक क्षेत्रमा कार्यरत सरोकारवालाहरूको उपस्थितिमा सम्मेलन सञ्चालन भएको बताए । उनका अनुसार दक्षिण एसियाकै तीन मुलुकका युवाहरू सम्मिलित रहेको सम्मेलनमा प्राकृतिक स्रोतमाथि मानिसको जीवनचक्र, स्रोतको पहिचान, उपभोग गरेर युवाशक्तिहरुलाई ऊर्जाशील बनाइन केन्द्रित हुनेछ ।

‘महाकालीसहित हिमालबाट निस्किने नदीको सम्भावना सुरुवातदेखि समुद्रसम्म जोडिएका युवाहरूका साझा सवालमा बहस छलफल हुनेछ,’ उनले भने, ‘प्राकृतिक स्रोत साधनको अधिकतम उपभोग गर्दै युवाहरूलाई स्वदेशमै आत्मनिर्भरतर्फ केन्द्रित गराइनेछ ।’ विपतदेखि पानीमा मानिसको जीवन उच्च रहेको भन्दै उनले पानीको अधिकतम सदुरुपयोग गर्दै अघि बढ्नसमेत सम्मेलन केन्द्रित बताए । 

सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री राजेन्द्रसिंह रावलले पानी मानिसको जीवनसँग जोडिएको विषय भएकाले यसकाे सीमा नै नरहेको बताए । उनले हिमालदेखि दक्षिण समुद्रसम्म जलाधार क्षेत्रमा रहेका युवाहरूलाई प्राकृतिक सुहाउँदो सम्भावनाको खोजी गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

पूर्वमुख्यमन्त्री रावलले प्रकृतिसँगै सुदूरपश्चिम मौलिक संस्कृतिमा समेत धनी भएकाले त्यसको समुचित सदुपयोगमा जोड दिए । उनले अधिकतम जलाधारको उपभोग गरेर आत्मनिर्भर बन्न युवाहरूलाई उत्प्रेरित गरेका छन् । महाकाली तटीय क्षेत्र दोधारा–चाँदनीका मेयर किशोरकुमार लिम्बूले प्राकृतिक स्रोतले ल्याउने विपत्तिको सामना गर्ने खालका योजना अघि सारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले पछिल्ला दिनहरूमा नेपाली युवा भारतसहित तेस्रो मुलुक पलायन हुने क्रम नरोकिएकाले रोक्नुपर्नेमा जोड दिए । नेपालमा थुप्रै प्राकृतिक सम्भावना भएकाले युवाहरूलाई यहीँको प्रकृति सदुपयोग गरेर आत्मनिर्भरकेन्द्रित गराउनुपर्नेमा जोड दिए ।

अक्सफामका कार्यकारी निर्देशक राजन सुवेदीले हिमालदेखि समुद्रसम्म जलाधार जोडिएका तीनै देशका युवाहरूको अनुभव आदान–प्रदान गरेर प्राकृतिक स्रोत–साधनको अधिकतम उपभोगमा जोड दिएका छन् । ‘अब हामीले नवीनतम योजना अघि सार्नुपर्छ ।’ नदीतटीय क्षेत्रका जनताका लागि उद्यम एवं व्यावसायिक थुप्रै सम्भावना भएकाले त्यसतर्फ समेत सम्मेलन केन्द्रित गराइनेछ ।

नेपाल, भारत, बंगलादेशका सयौँ युवा सहभागी सम्मेलनमा विज्ञहरूका समूहगत छलफल गर्दै महाकाली नदीमा जलयात्रादेखिका कञ्चनपुर घोषणापत्र जारी गरेर आइतबार समापन गरिने आयोजकले जनाएको छ ।