जनमत पार्टीका अध्यक्ष डा. (चन्द्रकान्त) सिके राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँदै सञ्चालन भएको वेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए।
‘संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसदमा राख्न पाएका छौँ । अधिकतम ऐन–कानुन यो संसदबाट पारित गरौँ,’ उनले भने ।