१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक २८ बुधबार ११:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू-१९ महिला टी-२० विश्वकप : नेपाल आज अन्तिम खेल खेल्दै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार ११:५९:oo

युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसिसी यू–१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दै छ । युएईको अजमानस्थित द सेभेन रंगशालामा नेपाली समयअनुसार आज दिउँसो ३:१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दै छ ।

यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैटाैँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्यान्डलाई १०६ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अंकसहित तालिकाको दोस्रो स्थानमा, थाइल्यान्ड दुई अंकसहित तेस्रो र कुवेत शून्य अंकसहित तालिकाको अन्तिममा छ ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नुका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ ।