उद्योग संगठन मोरङले एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित औद्योगिक क्यासी अवार्ड प्राप्त गरेको छ । उक्त अवार्डको राशि दुई हजार डलर रहेको छ । एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै संगठनले सो अवार्ड प्राप्त गरेको हो ।
संगठन गतिविधि, दस्तावेज, औद्योगिक उत्थानका लागि गरेको कार्यक्रमका आधारमा उत्कृष्ट भएको हो ।
कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा २६–२७ कात्तिकमा सिंगापुरमा इकोनोमिक फोरम आयोजना भएको थियो ।
सोही फोरमको समापनमा संगठनका अध्यक्ष राकेश सुरानालाई उक्त अवार्ड प्रदान गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।
क्यासीले चेम्बरहरूले स्थानीय आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको बहस र पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पु¥याएको टेवाका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पु¥याएको योगदानका आधारमा सो अवार्ड प्रदान गरेको हो ।