१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २९ बिहीबार o७:२३:oo
Read Time : < 1 मिनेट
अर्थ

धितोपत्रका दुई ब्रोकर छाता संगठन गाभिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o७:२३:oo

धितोपत्र दलालहरूका दुई छाता संगठन गाभिएका छन् । बुधबार स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन अफ नेपाल गाभिएर एक भएका हुन् । 

पुराना ५० ब्रोकर कम्पनीहरूको संगठन स्टक ब्रोकर एसोसिएसन र ४२ नयाँ ब्रोकर कम्पनीहरूको संगठन धितोपत्र ब्रोकर एसोसिएसन हो । स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सलाई एकीकरण गरी सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूको बृहत्तर हितका लागि साता व्यावसायिक संघ निर्माण गर्ने उद्देश्य रहेको उनीहरूले बताए ।

दुई एसोसिएसन एक भएको घोषणा गर्दै दुई एसोसिएसनका अध्यक्षहरूद्वारा सम्झौतापत्रमा हस्ताक्षरसमेत सम्पन्न भएको छ । सम्झौताअनुसार स्टक ब्रोकर्सलाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूको साझा व्यावसायिक संघको रूपमा निरन्तरता दिइनेछ । दोस्रो पक्षको रूपमा रहेको धितोपत्र ब्रोकरमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर्सले एकमुस्ट रूपमा सदस्यता प्रदान गर्ने उल्लेख छ ।

मर्जरसँगै आफूहरूबिचको असमझदारी हटेर गएको धितोपत्र ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘स्टक ब्रोकरसँगको लामो अनुभवलाई सँगै जोडेर अझ पुँजीबजारको विकास र विस्तार गर्न ठुलो भूमिका खेल्नेछ,’ उनले भने, ‘अब हामीले मिलेर बजारमा देखिएका समस्यालाई हल गर्दै राजनीति दलहरूलाई खबरदारी गर्न मद्दत पुग्नेछ ।’

यता, स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले लामो समयदेखिको तयारी अहिले आएर सफल भएको बताए । ‘एकताको सन्देश दिन सफल भएका छौँ । आगामी दिनमा आउन सक्ने चुनौतीलाई अझ एकजुट भएर जानेछौँ,’ उनले भने ।