Skip This
पुलिसलाई चन्द्रपुरले रोक्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३ बिहीबार o६:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसलाई चन्द्रपुरले रोक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o६:५३:oo

चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा चन्द्रपुरले पेनाल्टी चुकाउँदा पुलिस भाग्यमानी बन्यो । दिलकुमारी मगरको पेनाल्टी पुलिसकी गोलकिपर उषा नाथले बचाउँदा पुलिस अपराजित यात्रा कायम राख्न सफल भएको हो । 

पुलिसभन्दा तुलनात्मक रूपमा कमजोर देखिएको चन्द्रपुरको रक्षापंक्ति बलियो रह्यो । पुलिसले अधिकांश समय दबाब बनाए पनि रक्षापंक्ति बलियो हुँदा चन्द्रपुर १ अंक खोस्न सफल भएको हो । लिगमा ६ खेल सकिँदा पुलिस १२ अंकका साथ तेस्रो स्थानमा छ । चन्द्रपुर समान खेलबाट ७ अंक जोड्दै छैटौँ स्थानमा रह्यो । एपिएफ समान खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । 

भोलाको असन्तुष्टि
बराबरपछि पुलिसका प्रशिक्षक भोलानाथ सिलवाल खुसी देखिएनन् । उनले शीर्ष स्थानको प्रतिस्पर्धाबाट बाहिर रहेको बताउँदै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाए । ‘यो बराबरीले अब शीर्ष स्थानको होडबाट आउट भएका छौँ । दबाब बनाएपछि गोल गर्न सफल भएनौँ,’ पूर्वराष्ट्रिय खेलाडी सिलवालले भने, ‘विभागीय टोलीको खेलमा विभागीय रेफ्री नै राख्नुभएन । यसले धेरै नराम्रो गर्छ ।’

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य रेफ्रीमा विश्वास कार्कीलाई जिम्मेवारी दिएको थियो । उनी त्रिभुवन आर्मी क्लबका हुन् । उनी अघिल्लो साता मात्रै शान्ति सेनाको जिम्मेवारी पूरा गर्दै स्वदेश फर्किएका थिए । ‘लिग उपाधिका लागि विभागीय टोलीबिच प्रतिस्पर्धा हुन्छ । विभागीय टोलीकै रेफ्रीलाई जिम्मेवारी दिँदा कहीँ न कहीँ स्वार्थ जोडिन्छ नै । त्यसतर्फ ध्यान दिनुपर्छ ।’ यसअघि खेलमा कप्तान निरु थापा, अनुष्का शेर्पा, निर्मला उपाध्यायले पाएको अवसरलाई खेर फालेका थिए । खेलको ७०औँ मिनेटमा रजनी थोकरको प्रहार बक्सभित्र रहेकी पुलिसकी सरु वाइबाको हातमा लाग्यो ।