Skip This
दरबारमार्गमा बालेन समर्थकको हुटिङ, दुई समूहबिच धकेलाधकेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दरबारमार्गमा बालेन समर्थकको हुटिङ, दुई समूहबिच धकेलाधकेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १७:o६:oo

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थक र अर्को समूहबिच धकेलाधकेल भएको छ।

मेयर शाहको पक्षमा समर्थकहरूबाट हुटिङ भएको थियो। त्यही वेला अर्को समूहले हुटिङ गर्ने समूहलाई धम्क्याउन खोजेपछि धकेलाधकेल भएको हो।

४ बजेदेखि सुरु भएको ‘नेसनल डे कन्सर्ट’मा युवाहरूको संख्या बाक्लो छ। बालेन समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका छन्।

प्रहरी वृत्त दबारमार्गका डिएसपी गोविन्द थापाले दुई समूहबिच सामान्य भनाभन भए पनि कुनै झगडाको स्थिति नभएको बताए। ‘बालेन शाहको पक्षमा हुटिङ भइरहेको छ, तर त्यस्तो कुटपिट र झगडा भएको होइन। क्राउडको वेला सामान्य धकलाधकेल हुन सक्छ,’ उनले भने, ‘झगडा परेर प्रहरीले समात्नुपर्ने अवस्था छैन।’

मेयर शाहको समूहसँग धकेलाधकेल गर्ने समूहबारे जानकारी नभएको उनको भनाइ छ।

यता, धरहरा चढ्न सुन्धारा पुगेकाहरूले पनि धरहराको फेदमा बसेर मेयर शाहको पक्षमा हुटिङ गरेका छन्। इन्द्रजात्राको वेला बालेन शाहको फोटो अंकित टिसर्ट लगाउनेलाई पक्राउ गरेको र सरकारमा रहनेहरू बालेनविरुद्ध लागेको भन्दै समर्थकले विरोध गरेका हुन्। धरहरा चढ्न बिहीबार बिहानै पुगेका कतिपयले पालो नपाएपछि रुष्टसमेत बनेका छन्।