Skip This
मालीको राजधानीमा भएको जिहादी आक्रमण, कम्तीमा १२८ को मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार २o:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मालीको राजधानीमा भएको जिहादी आक्रमण, कम्तीमा १२८ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार २o:३३:oo

मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा कम्तीमा एक सय २८ जनाको मृत्यु भएको छ। दुई सय ५० भन्दा बढी घाइते भएका छन्। 

पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतका घटनाहरूमध्ये एक हो। मालीको सैनिक नेतृत्वले अहिलेसम्म भएको आक्रमणमा मारिनेको स्पष्ट संख्या सार्वजनिक गरेको छैन। यो आक्रमणको दाबी अल–कायदा सम्बद्ध समूह ग्रुप टू सपोर्ट इस्लाम एन्ड मुस्लिम्स (जेएनआइएम) ले गरेको जनाइएको छ। 

मालीको केही भागमा करिब दैनिक रूपमा यस्ता किसिमका आक्रमण हुने गरे पनि राजधानी बामाको सामान्यतया जोगिने गरेको थियो। जेएनआइएमले रुसी अर्धसैनिक समूह वाग्नरका सदस्यसमेत संलग्न रहेका उसका केही दर्जन लडाकुहरूले विरोधी पंक्तिका ‘सयौँ मानिसलाई मारेको र घाइते बनाएको दाबी गरेको छ। 

यो हमला जुन्टा नेतृत्वको माली, नाइजर र बुर्किना फासोले आफ्नो पृथक समूह अलायन्स अफ साहेल स्टेट्स (एइएस) को स्थापना गरेको एक वर्ष पूरा भएको दिनपछि भएको हो।

सन् २०२० देखि लगातार सैन्य विद्रोहपछि तीनवटै मुलुक सैन्य शासनको अधीनमा छन् र जनवरीमा उनीहरूले क्षेत्रीय ब्लक इसिओडब्लुएएससँगको सम्बन्ध तोड्ने घोषणा गरेका थिए।  मालीलाई सन् २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न गुटहरूले ध्वस्त बनाएका छन्। (रासस/एएफपी)