Skip This
समाचार लेखेको भन्दै नयाँ पत्रिकाकर्मी घिमिरेलाई निर्माण व्यवसायीको धम्की
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Thursday, 19 September, 2024
झापाको दमक र मोरङको मिक्लाजुङको सीमा भएर बग्ने मावा नदी । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाचार लेखेको भन्दै नयाँ पत्रिकाकर्मी घिमिरेलाई निर्माण व्यवसायीको धम्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o८:oo

नयाँ  पत्रिका झापाका संवाददाता चिरञ्जीवी घिमिरेलाई समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले धम्की दिएका छन्। राप्रपानिकट युवा संगठनका नेतासमेत रहेका थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई गालीगलौज गर्दै धम्की दिएका हुन्।

शनिबार नयाँ पत्रिकाको अनलाइन संस्करणमा ‘जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि थापाले घिमिरेलाई फोन गरी आफूले जे पनि गर्न सक्ने भन्दै धम्की दिएका छन्।

पत्रकारलाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको पत्रकार महासंघ झापा शाखा र पत्रकार मञ्च दमकले भर्त्सना गर्दै अभद्र व्यवहार गर्ने थापामाथि कानुनी कारबाहीको माग गरेका छन्।

‘पत्रकारले लेखेको समाचारमाथि चित्त  नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिनेजस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने महासंघको ठम्याइ छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।