न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

पाकिस्तान आइसिसी टी–२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको हो। 

पाकिस्तानको यो तेस्रो फाइनल हो। यसअघि आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा पाकिस्तान फाइनल पुगेको थियो। पहिलो संस्करणमा फाइनलमा भारतले हराएको थियो भने दोस्रोमा पाकिस्तानले श्रीलंकालाई हराउँदै उपाधि उचालेको थियो। 

पाकिस्तानलाई जित दिलाउन आज दुवै ओपनरले उत्कृष्ट इनिङ खेले। मोहम्मद रिजवान ५७ र कप्तान बाबर आजमले ५३ रन बनाए। दुवैले पहिलो विकेटका लागि शतकीय इनिङ खेलेका थिए। प्रतियोगिताको दोस्रो फाइनल भोलि भारत र इंग्ल्यान्डबीच हुँदै छ। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५२ रन बनाएको थियो। उसका लागि डेरियस मिचेलले ५३ र केन विलियम्सले ४६ रनको योगदान दिएका थिए। 

न्युजिल्यान्डलाई मध्यम स्कोरमा रोक्न पाकिस्तानका साहिन अफ्रिदीले मुख्य भूमिका खेले। उनले चार ओभरमा २४ रन मात्र दिएर दुई महत्वपूर्ण विकेट लिए। अफ्रिदीले पहिलो ओभरमै फिन एलेनलाई एलबिडब्लु धरापमा पारेका थिए। 

सुझावित समाचार