प्रकाशमानकाे दाबी- जिम्मेवार र भरपर्दो दल कांग्रेस मात्रै

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रकाशमान सिंहले मुलुकमा संकट पर्दा निकास दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरेका छन्। 

काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका सिंहले आज आफ्नै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसको जित देशको विकास र जनताको समृद्धिका लागि आवश्यक रहेको बताए। 

परिवर्तनको नेतृत्व मात्रै गरेको नभई सबै राजनीतिक शक्तिहरूलाई समन्वय गर्न सक्ने पार्टी पनि कांग्रेस  भएको दाबी गरे। राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कांग्रेसलाई मत दिनुपर्नेमा उनको भनाइ थियो। सिंहले भने, ‘चुनावी अभियानका क्रममा मिठा नारामा नअल्मलीकन जिम्मेवार र भरपर्दो राजनीति दल र नेता चुन्न म यहाँहरूलाई अपिल गर्छु।’ 

संसदीय निर्वाचनको महत्व काठमाडौं १ का  मतदाताले राम्रोसँग बुझेको बताउँदै उनले लोकतन्त्र र स्थायित्वको वकालत गर्ने कांग्रेसलाई मतदाताले निराश नपार्नेमा आफू ढुक्क रहेको बताए। 

सुझावित समाचार