सिराहाको मध्यभागमा चुरेबाट बगेर आउने गागन नदीको बहाव वर्षायाम (असार–भदौ) मा उच्च हुने गरेको छ । वर्षायाममा नदीछेउछाउका दर्जनौँ बस्ती प्रभावित हुने गरेका छन् । सिराहा २ मा पर्ने यो ठाउँको दुःखमा निर्वाचनका वेला उम्मेदवारले आश्वासन बाँडे पनि केही परिवर्तन नभएकोमा स्थानीय निराश छन् ।
चुरेबाट बालुवा बोकेर आउने नदीले दक्षिणी क्षेत्रको खेतीयोग्य सयौँ बिघा जग्गामा क्षणभरमै बालुवा थुपारिदिन्छ । औरही गाउँपालिका– १ हरकट्टीका चार सय घरपरिवारले यस्तै जोखिम बर्सेनि भोग्दै आएका छन् । बर्सेनि गाउँबस्ती डुबान र खेतबारीमा बालुवा थुपार्दै आएको ७९ वर्षीय अवकाशप्राप्त शिक्षक परमेश्वर यादवले सुनाए ।
गागन नदीको तटबन्ध बलियो नहुँदा जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू हरकट्टी, दरैहिया, औरही, इटाटारका सयौँ बिघा खेतीयोग्य उर्वरभूमि मरुभूमि बन्ने गरेको छ । ०६२ को गागनको त्रासदी सम्झिँदा अझै पनि यी गाउँका स्थानीय त्रसित हुने गर्छन् ।
‘त्यसवेला गागन नदीमा आएको बाढीले खेतबारी बालुवाकरण मात्र भएनन्, गाउँ नै डुबानमा पर्याे,’ स्थानीय ५५ वर्षीय हरि पासमानले विगत सम्झिँदै भने, ‘भोट आएपछि मात्र नेताहरू हाम्रो गाउँ आउँछन् । चुनाव सकेपछि हराउँछन् ।’
अहिले चुनावको चटारो छ । उम्मेदवारहरू गाउँगाउँ डुल्दै आश्वासन बाँड्दै छन् । ‘घर बनाइदिने, मन्दिर बनाइदिने, नदी नियन्त्रण समाधान गरिदिने, सडकबाटो, बिजुली, सिँचाइजस्ता पूर्वाधार तयार गर्ने उद्घोष गर्दै छन्,’ उनको भनाइ छ ।
गागन नदी प्रभावित बस्तीहरूमा नेताहरूले आश्वासन बाँड्दै गर्दा निर्वाचित भएर गएपछि आक्कलझुक्कल मात्र बस्ती पस्ने गरेका छन् । ०७४ मा यस क्षेत्रबाट माओवादी केन्द्रबाट सुरेशचन्द्र दास निर्वाचित भएका थिए । यसपटक दासले टिकट पाएनन् ।
यसपटक मुख्य सत्तारूढ र प्रतिपक्षबीचको गठबन्धन चुनावी प्रतिस्पर्धामा छ । यस क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव प्रतिस्पर्धामा छन् । पूर्वउपसभामुख चित्रलेखालाई माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ भने राजकिशोरलाई एमालेले साथ दिएको छ ।
गागन नदीछेउका बस्तीमा चुनावी प्रचारप्रसारमा नेताहरू पुग्दा उनीहरूमाथि स्थानीयले पहिलो प्रश्न नै ‘गागन नदी नियन्त्रण’का विषयमा सोध्ने गरेका छन् । कांग्रेस नेतृ चित्रलेखा यादवले हरकट्टी गाउँमा चुनावी भेटघाट क्रममा गागन नदी नियन्त्रण गर्न बलियो तटबन्ध बनाउने प्रतिबद्धता जनाइन् ।
यसै बस्तीमा पुगेका प्रदेश सभा सदस्यका सतारूढ गठबन्धनबाट नेकपा माओवादीका जीवछ यादवले गागन नदीको तटबन्ध आफू निर्वाचित भएर गएपछि जसरी पनि बनाउने वाचा गरे । सिराहा क्षेत्र नम्बर २ (क) मा रहेको गागन नदी प्रभावित यी बस्तीहरूमा नेताहरूको चुनावी सक्रियता बढेको छ ।
कच्ची सडक भएको पुग्ने हरकट्टी, पोखरीया, तुलसीयाहीजस्ता बस्तीमा वर्षातका वेला पैदल आउजाउ गर्न नसकिने अवस्था रहेको स्थानीय युवा अभिनन्दन यादवले बताए ।
जेनतेन खेती गर्दै आएका हरकट्टीवासीलाई सिँचाइको सुविधा पनि पर्याप्त छैन । सिँचाइ सुविधा, मलखाद्यको सहजता भएपछि उत्पादन वृद्धि र खाली सिजनमा अन्य बाली लगाउन सकिने स्थानीय कृषक चन्देश्वर नायकको भनाइ छ ।
वर्षौँदेखि थरीथरी वाचा, कार्यान्वयनमा सधैँ बेवास्ता
सुझावित समाचार
कांग्रेस टुटफुटको शृंखला : ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा
लोकतन्त्रका लागि स्थापनाकालदेखि लड्दै आएको पुरानो पार्टी कांग्रेसले १५औँ महाधिवेशन दुई चिरामा विभाजित भएर सम्पन्न गर्दै छ । स्थाप…
कांग्रेस महाधिवेशन उद्घाटन सत्र : लोकतन्त्रदेखि आर्थिक रूपान्तरणसम्म सहकार्यको पक्षमा शीर्ष नेता
काठमाडाैं/ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष–प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकि…
ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ
काठमाडौं/ बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई…
लोकतन्त्रमा कुनै खतरा छैनः रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताएका छन्। नेपाली कांग्रसको १५औँ म…
पहिला मैले क्रमभंग गर्थें, अहिले गगनजीले क्रमभंग गर्नुभयोः प्रचण्ड
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगता गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई बध…
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास , युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्त्वपूर्ण पक्षमा फरक हुँदै छ। गत विशेष महाधिवेशनबाट…