नेपाली चलचित्र ‘लाखे’को टिमले काठमाडौंमा लाखेनाच प्रस्तुत गरेको छ। सोमबार सो टिमले गोंगबुस्थित बिजी मलअगाडि लाखे नृत्य प्रस्तुत गरेको हो।
कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारीलगायतका कलाकारको उपस्थिति रहेको थियो। चलचित्रको प्रचारका लागि चलचित्र निर्माण टिमले मुखुण्डो लगाएर लाखेनाच देखाएको थियो।
कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले नेपाली चलचित्र लाखे सबै नेपालीले हेर्नुपर्ने बताए। त्यस्तै, अभिनेता प्रशान्त ताम्राकार र आर्यन अधिकारीले पनि नेपालीले नेपाली चलचित्रलाई माया गरेर हलमा पुगी चलचित्र हेर्नेमा आशावादी रहेको बताए।

सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको चलचित्र गत शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको छ।
सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व–निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ। सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि अर्याल नै रहेका छन्। निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।